आइतबार, जेठ ६, २०८१

‘बनमारा’मा भिमफेदी गाइजसँग स्मारिकाको छमछमी (भिडियो)

नेपालखोज २०८० वैशाख २२ गते २१:३६

काठमाडौं । नेपाल्स सिङ्गिङ सुपरस्टारका विजेता राजेश राई र मेलिना राईको स्वरमा रेकर्ड गीत ‘बनमारा’सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटलको प्रस्तुतिमा सार्वजनिक गीतमा दुर्लभ जन्तरेको गीत र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

निर्मल कुमार लामा (भिमफेदी गाइज)को निर्देशनमा तयार भएको भिडियोमा भिमफेदी गाइजको टीमसँग स्मारिका ढकाल र सुलेमान शंकरले रोमान्स गरेका छन् ।

पवन सुस्लिङको सम्पादन र छायांकन रहेको गीतलाई ओएसआर डिजिटलको अफिसियल यूट्युवबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया