हिमालयन ट्राभल मार्ट आयोजना हुने

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आज जेठ २३ प्रारम्भ हुँदैछ । यो मार्ट वैशाख २६ गते सम्म चल्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो मार्ट कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र रोजगारीको अवसरहरु सिर्जना गर्ने प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्ने लक्ष्य हासिल गर्न पूर्वाधार सुधार, सडक , विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनमा सरकारले काम गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
मार्टको आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन सबै काम सकिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताए । उनका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेता तथा २० वटा बिक्रेताले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् ।
प्रतिक्रिया