मार्क्सका ५ कुरा जसले हाम्रो जीवन परिवर्तन गर्यो

काठमाडौं । हिजोका ५ मे दिन कार्ल मार्क्सको जन्मदिन थियो । यद्यपि आफुलाइ उनका अनुयायी भन्नेहरुले नै यो दिन संम्झन चाहेनन् ।
के तपाईं अन्याय, असमानता र शोषणको अन्त्य हेर्न चाहने मानिसहरू मध्ये एक हुनुहुन्छ ? त्यसो हो भने तँपाइ २० औं शताब्दीको इतिहास पढेको तथा मार्क्सको क्रान्तिकारी राजनीति विरासत बोकेको मानिस हुनुहुन्छ । यद्यपि यो संसारमा मार्क्सको नाम भजाएर आफ्नो पसल चलाउनेहरु प्रसस्तै छन् ।
समाजमा बलियो सामाजिक इन्जिनियरिङ् उनकै विचारबाट प्रेरित मानिन्छ । आफ्ना सिद्धान्तहरू साम्राज्यवाद, स्वतन्त्रता बिरोधि र आमहत्यासँग जोडिएपछि उनी विभाजनकारी अनुहारका रूपमा देखा परे। यद्यपि कार्ल मार्क्सको अर्को अनुहार पनि छ जुन त्यो भावनात्मक व्यक्तिको हो जसले विश्वको उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
बालबालिकालाई काममा होइन विद्यालय पठाउन चाहन्थे
धेरैले यो वाक्यलाई कथनका रूपमा मात्र लिन सक्छन् तर सन् १८४८ मा कार्ल मार्क्सले कम्युनिष्ट घोषणापत्र लेख्दा बाल श्रमको उल्लेख गरेका थिए । अन्तर्राष्ट्रिय श्रमिक संघले सन् २०१६ मा सार्वजनिक गरेको तथ्यांकअनुसार आज पनि विश्वका १० बालबालिकामध्ये एक बाल मजदुर छन् । धेरै केटाकेटीहरू आज कारखाना छोडेर स्कूल जाँदैछन् भने त्यो केवल कार्ल मार्क्सका कारण हो।
द ग्रेट इकोनोमिस्टकी लेखिका लिन्डा युह भन्छिन्, ‘निजी विद्यालयमा बालबालिकालाई नि:शुल्क शिक्षा मार्क्सको सन् १८४८ को घोषणापत्रको दश बुँदामध्ये एक थियो। कारखानामा बाल श्रम निषेध पनि उनको घोषणापत्रमा उल्लेख थियो।
आफ्नो जीवनको मालिक आफै
के तपाइँ आज दिनको २४ घण्टा अनि हप्ताको सात दिन काम गर्नुहुन्छ ? के तपाईं कामको बिचमा लन्च ब्रेक पाउनुहुन्छ ? के तपाइँसँग निश्चित उमेर पछि अवकाश प्राप्त गर्ने र निवृत्तिभरण पाउने अधिकार छ?
यदि तपाईको उत्तर हो भने तपाईले कार्ल मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सका प्रोफेसर माइक सेभेज भन्छन्, ‘पहिले तपाईंलाई लामो समय काममा जोताइन्थ्यो , त्यतिबेला तपाईंको समय तपाईंको थिएन र तपाईं आफ्नो जीवनका लागि सोच्न सक्नुहुन्नथ्यो ।’
कार्ल मार्क्सले पुँजीवादी समाजमा कसरी बाँच्नका लागि श्रम बेच्न बाध्य बनाइन्छ भन्ने कुरा उहिल्लै लेखेका थिए । मार्क्सका अनुसार धेरैजसो अवस्थामा तपाईलाई तपाईको मेहनत अनुसारको तलब दिइदैन र तपाईले शोषित हुनुपर्छ ।
हाम्रो जीवनमा हाम्रो आफ्नै अधिकार
मार्क्स चाहन्थे – मानिसको जीवन सबै भन्दा माथि हुनुपर्छ । उनले हामीलाई स्वतन्त्र हुन र हाम्रो रचनात्मक क्षमता विकास गर्न सिकाए । मार्क्स भन्छन् – ‘हामीले कामबाट मूल्याङ्कन नहुने जीवन जिउनुपर्छ । एउटा जीवन जुन हामीसँग छ , त्यसमा हामी आफैले कसरी बाँच्ने भन्ने निर्णय गर्न पाउनु पर्छ । सम्भवत आज हामी सबैको सोच यसै तर्फ अघि बढदैछ ।’
उनी चाहन्थे हामीले चाहेको काम गर्न पाउँ
हामीलाई त्यो कामले खुशी दिन्छ जुन काम हामीले चाहेको वा निर्णय गरेको हो । त्यस्ता काममा रचनात्मक अवसरहरू पाए र त्यसलाई पूरा गर्न सके त्यो हाम्रा लागि ठुलो अबसर हुन्छ । यद्यपि जब हामि आफै दुखी हुने काम गर्छौ त्यहाँ हाम्रो मन लाग्दैन अनि हामी निराश हुन्छौ । यी शब्द कुनै आधुनिक मोटिभेटरका होइनन् १९ औं शताब्दीका महान बिचारक कार्ल मार्क्सका हुन ।
सन् १८४४ मा लेखिएको आफ्नो पुस्तकमा उनले कामको सन्तुष्टिलाई मानिसको उन्नतिसँग जोडेका छन् । यस्तो धारणा व्यक्त गर्ने उनी पहिलो व्यक्ति हुन् । हामीले आफ्नो अधिकांश समय काममा बिताउने भएकाले त्यो कामले हामीलाई आनन्द दिनु पर्ने उनको तर्क थियो ।
भेदभावको विरोध
समाजमा कोही गलत छ, कसैमाथि अन्याय, भेदभाव वा गलत भैइरहेको छ भन्ने महसुस भैरहेको छ भने त्यसको विरोध गर्नुपर्छ भन्ने उनको धारणा थियो । तपाइँ संगठित हुनुभयो भने तपाइँले अन्यायको बिरोध अनि संघर्ष गर्न सक्नुहुन्छ। संगठित विरोधले धेरै देशको सामाजिक अवस्था परिवर्तन गर्यो। रंग भेद, समलिङ्गीता तथा जातीय विभेद विरुद्ध कानुन बनाउने जस्ता कुरा यसैबाट प्रेरित छ ।
लण्डनका लुइस निल्सनका अनुसार, ‘समाज परिवर्तन गर्न क्रान्ति आवश्यक छ। हामी समाजको सुधारका लागि आन्दोलन गर्छौं। जसरी आम जनताले आठ घण्टा काम गर्ने निर्णय गरे र अधिकार प्राप्त पनि भयो ।’ कार्ल मार्क्सलाई दार्शनिकका रूपमा व्याख्या गरिएको छ, तर निल्सन यसमा असहमत छन्।
उनी भन्छन्, ‘उहाँले जे लेख्नुभयो र गर्नु भयो त्यो दर्शनजस्तो लाग्छ तर उहाँको जीवन र कामलाई नजिकबाट हेर्नुभयो भने उहाँ कार्यकर्ता हुनुहुन्थ्यो भन्ने थाहा पाउनुहुनेछ ।
उहाँले अन्तर्राष्ट्रिय श्रमिक संघ स्थापना गर्नु भयो । उहाँ गरिब जनतासँगै हडतालमा सामेल हुनुभयो ।’ निल्सन भन्छन्, ‘महिलाले कसरी मतदान गर्ने अधिकार पाए ? यो संसदले दिएको होइन यो उनीहरूले संगठित प्रदर्शन गरेकाले पाएको हो । हामीले साप्ताहिक कसरी बिदा पायौं ?सबै मजदुरहरू संगठित भएर हडतालमा गएकाले यो बिदाको ब्यबस्था भएको हो ।’
सरकार, व्यापारिक घराना तथा सञ्चारमाध्यमको गठबन्धनमाथि नजर
सरकार , ठूला उद्योगी घराना तथा संचार माध्यमको मिलेमतो भए तपाईंलाइ कस्तो लाग्नेछ ? गुगलले आफ्नो सम्पूर्ण जानकारी चीनलाई दियो भने के तपाई सुरक्षित महसुस गर्नुहुन्छ ? कार्ल मार्क्सले पनि उन्नाइसौं शताब्दीमा यस्तै महसुस गरेका थिए । त्यतिबेला सामाजिक सञ्जाल नभए पनि यस्तो सम्बन्धको व्याख्या उनले नै पहिले नै गरेका थिए ।
उनले उति बेलै सरकार, बैंक, व्यवसाय र उपनिवेशका मुख्य एजेन्टहरू बीचको सम्बन्धका बारेमा अध्ययन गरे । कार्ल मार्क्सले मिडियाको शक्ति बुझे । मानिसहरूको सोचाइलाई प्रभाव पार्ने यो एउटा राम्रो माध्यम थियो।
हिजोआज हामी फेक न्यूजका बारेमा कुरा गर्छौं, तर कार्ल मार्क्सले यो सबै कुरा पहिले नै बताइसकेका थिए। मार्क्स त्यतिबेला प्रकाशित लेखहरू अध्ययन गर्थे । गरीब मानिसहरूले गर्ने अपराधलाई संचार माध्यममा बढी ठाउँ दिइन्छ भन्ने निष्कर्षमा पुगेका थिए उनी । -INS
प्रतिक्रिया