शनिबार, जेठ ५, २०८१

मारुतीको फ्रन्क्स अब निलो-कालो रंगमा पनि

नेपालखोज २०८० वैशाख २३ गते १२:४४

काठमाडाैं । मारुती सुजुकीले आफ्नो नयाँ प्रिमियम सब-कम्प्याक्ट एसयूभी फ्रन्क्समा नयाँ कलर शेड ‘ब्लुइश ब्ल्याक’ पनि ल्याएको छ। यो कारमा अब १० वटा रंगको विकल्प उपलब्ध छ । कम्पनीले हालै अन्तर्राष्ट्रिय बजार मूल्य ११.९८ लाखमा यो एसयुभी लन्च गरेको छ । यो यसको प्रारम्भिक मूल्य हो ।

यो कार जनवरीको अटो एक्सपोमा अनावरण गरिएको थियो । भारतमा यसको बुकिङ खुल्ला भैसकेको छ भने अहिले यसको डेलिभरी पनि सुरु गरिएको बताइएको छ । मारुतीको फ्रन्क्स उन्नत सुविधाहरूको साथ आउँछ।

मारुती सुजुकी फ्रन्क्स दुई इन्जिन विकल्पहरूमा आउँछ। यसमा १.२ लिटर प्राकृतिक एस्पिरेटेड इन्जिन र १.० लिटर बूस्टर जेट इन्जिन छ। १.२ लिटर ४ सिलिन्डर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनले ९० बीएचपी पावर र ११३ एनएम पीक टर्क जेनरेट गर्छ। १.० लिटर ३ सिलिन्डर टर्बो बुस्टर जेट पेट्रोल इन्जिनले १०० बीएचपी पावर तथा १४७.६ एनएम पीक टर्क जेनरेट गर्छ।

यसको फ्रन्टमा ग्रान्ड भिटारा र बलेनोका डिजाइन तत्वहरू समावेश छन् । यसमा भएका अपराइट नोज र स्प्लिट हेडल्याम्पहरू मारुती सुजुकीको फ्ल्यागशिप ग्रान्ड भिटारा एसयूभीसँग मिल्दोजुल्दो डिजाइन हुन् । यसमा फक्स स्किड प्लेटहरू र क्रोमका साथ अगाडि र पछाडि ठूलो बम्पर पनि छ ।

जहाँसम्म डाइमेन्सनको कुरा छ यो गाडि ३,९९५ एमएम लामो, १,५५० एमएम अग्लो तथा १,७६५ एमएम चौडाइको बलेनो जस्तै छ । यसको प्रतिस्पर्धा रेनो किंगर, निसान म्याग्नाइट, हुन्डाई भेन्यू, महिन्द्रा एसयुभी ३००, किआ सोनेट र मारुती सुजुकी ब्रेजा जस्ता कम्प्याक्ट एसयूभी सँग हुनेछ ।

प्रतिक्रिया