सोमबार, जेठ २७, २०८२

‘सरकारभित्र/बाहिर जो कोही भए पनि दोषीमाथि कारबाही हुन्छ’

नेपालखोज २०८० वैशाख २३ गते १५:१३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीमाथि कारबाही हुने जनाएका छन् । उनले सरकारभित्र वा बाहिर जो कोही भए पनि दोषीमाथि कारबाही हुने बताएका हुन् ।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए ।

प्रतिक्रिया