आइतबार, जेठ ६, २०८१

आईपीएल-२०२३ : दिल्ली र चेन्नई विजयी

नेपालखोज २०८० वैशाख २४ गते ५:३२

एजेन्सी । आईपीएल अन्तर्गत शनिवार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाइ ७ विकेटले पराजित गरेको छ । दिनको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो ।

दिल्ली क्यापिटल्सले १६.४ ओभरमा ३ विकेट गुमाएर १८२ रनको लक्ष्य पुरा गरेको थियो । दिल्लीले सुरु देखि नै खेलमा पकड राखेको थियो । दिल्ली क्यापिटल्सका डेभिड वार्नर र फिल साल्टको ओपनिङ जोडीले टोलीलाई बलियो सुरुवात गराएको थियो ।

दुवैले ६० रनको साझेदारी गरे । दिल्लीको अरुण जेटली स्टेडियममा पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

यसअघि चेन्नईको चेपौक स्टेडियममा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आमने-सामने भएका थिए । उक्त एकतर्फी खेलमा चेन्नईले मुम्बईलाई ६ विकेटले पराजित गरेको थियो ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बईले ८ विकेट गुमाएर १३९ रन बनाएको थियो । मुम्बईका लागि निहाल वधैराले सर्वाधिक ६४ रन बनाए । उनीबाहेक सूर्यकुमार यादवले सर्वाधिक २६ रन र ट्रिस्टन स्टब्सले २० रन बनाए ।

चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाएर १४० रनको लक्ष्य सजिलै पुरा गर्‍यो । चेन्नईका लागि डेभन कोनवेले सर्वाधिक ४४ रन बनाए ।

प्रतिक्रिया