शनिबार, जेठ ५, २०८१

मे २०२३ मा लन्च भएकाे नयाँ बाइक- केटीएम ३९० एडभेन्चर एक्स

नेपालखोज २०८० वैशाख २४ गते १३:५३

काठमाडाैं । केटीएमले हालै ३९० एडभेन्चरको थप किफायती संस्करण लन्च गरेको छ, जसलाई ३९० एडभेन्चर एक्स नाम दिइएको छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २.८० लाख रुपैयाँ छ । मे महिनामा कम्पनीले आफ्नो एडजस्टेबल सस्पेन्सन र स्पोक ह्वील भेरियन्ट पनि लन्च गर्ने अपेक्षा गरिएको छ । यसमा सिट हाइट कम हुन सक्छ ।

यामाहा (यामाहा आर थ्री र एमटि थ्री )

यामाहाले आफ्नो R3 फेरि बजारमा ल्याउँदैछ। यति मात्र होइन एमटी–०३ पनि बजारमा उतार्ने तयारी भैरहेको छ । यामाहाका आगामी दुवै बाइकमा ४२ बीएचपी र २९ एनएम उत्पादन गर्ने ३२१ सीसी लिक्विड-कुल्ड इन्जिन हुनेछ।

ट्राइम्फ (Triumph Street Triple 765)

Triumph Street Triple 765 अप्रिलमा लन्च गरिएन, त्यसैले यो बाइक अब मे मा लन्च हुने अपेक्षा गरिएको छ । यसको प्रि-बुकिङ भने मार्चमै खोलिएको थियो। २०२३ ट्राइम्फ ७६५ रेन्जमा स्ट्रिट ट्रिपल आर तथा आरएस भेरियन्टहरू उपलब्ध छन्।

प्रतिक्रिया