मंगलबार, वैशाख २५, २०८१

मेष राशिको वर्ष २०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ मंसिर २६ गते ८:२८

सन् २०२२ सकिन केही दिन मात्र बाँकी छ । यी दिनहरुमा आउने वर्ष शुभ होस् भन्ने सोच सबैको हुन्छ अर्थात प्रगतिका नयाँ बाटाहरु खुलुन , पैसाको कमी नहोस् । हरेक व्यक्तिमा व्यक्तिगत जीवनमा कस्तो उतारचढाव देखिने हो भन्ने पनि हुन्छ । प्रेम जीवन वा दाम्पत्य जीवन कुन दिशामा मोडिने हो भन्ने जिज्ञासा पनि धेरैमा रहन्छ ।

आउनुहोस् २०२३ मा मेष राशि हुनेहरुको भबिस्य कस्तो रहनेछ हेरौं :

पारिवारिक जीवन : अभिभावकहरुको पूर्ण सहयोग मिल्नेछ । परिवारमा शुभ कार्य हुनेछ । यो वर्ष तपाईंको पारिवारिक जीवन धेरै राम्रो रहनेछ भने रमाइलो र खुसीमा रहनुहुनेछ । मान सम्मान मिल्नेछ तर वर्षको मध्यमा सम्बन्धमा परिवर्तन आउनेछ । घर – जग्गा विवाद पनि हुनसक्छ ।

जागिर तथा व्यापार : कामका लागी प्रयास गरिरहेका व्यक्तिहरुले माघपछि सफलता पाउनेछन् । सरकारी क्षेत्रमा काम गरिरहेकाहरुले विशेष लाभको अवसर प्राप्त गर्लान् ।  व्यवसायीहरुका लागि यो वर्ष राम्रो रहनेछ । वर्षको प्रारम्भमा समस्या देखा परे पनि केही समयपछि प्रगतिको बाटो खुल्नेछ । समग्रमा वर्ष उत्तम छ, समयसँगै भाग्यले साथ दिनेछ ।

वैवाहिक स्थिति : विवाहित व्यक्तिहरुका लागि वर्ष २०२३ सामान्य भन्दा अलिकति राम्रो रहनेछ । सम्बन्धमा केही तनाव भने देखा पर्न सक्छ । सन्तान नभएका बिबाहितहरुले यो वर्ष शुभ समाचार सुन्न पाउनेछन् भने अविवाहित युवाहरुको वर्षको अन्त्य तिर विवाह हुनसक्छ ।

स्वास्थ्य स्थिति : यो वर्ष श्वासप्रश्वास वा छालाको समस्या हुन सक्छ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा जोगिनुपर्नेछ । झैझगडामा नलागेकै बेस हुन्छ । आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस् ।

शिक्षा तथा करियर : उच्च शिक्षा लिइरहेका वा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने व्यक्तिहरू सफल हुनेछन् । अप्रिल महिना पछि विदेशमा अध्ययन गर्न चाहनेहरुले सफलता हात पार्नेछन । करियरमा राम्रो नतिजा मिल्नेछ ।

धन – सम्पत्ति : यो वर्ष धनसँग सम्बन्धित केही समस्या देखा पर्न सक्छ। पैसा खर्च गर्दा सावधानीपूर्वक सोच्नु होला । भाग्यशाली नम्बर : ३ शुभ रंग : हरियो शुभ रत्न : पन्ना सुझाव : शनिबार अपांगता भएकाहरूलाई दान गर्नुहोस्। भगवान गणेशको पूजा गर्नुहोस्।

माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया