आइतबार, जेठ ६, २०८१

गुजरात प्लेअफमा पुग्ने पहिलो टिम

नेपालखोज २०८० वैशाख २४ गते २०:१९


काठमाडौं । साबिक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ ।

गुजरात जारी सिजनको प्लेअफमा पुग्ने पहिलो टिम हो। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले आज भएको ५१ औँ खेलमा लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गरेको थियो ।

लखनउ विरुद्ध गुजरातको यो लगातार चौथो जित हो। यो सिजनमा गुजरातले आठौँ जित हात पारेको छ । अहिले गुजरातको १६ अङ्क छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनायो । जवाफमा लखनउका ब्याट्सम्यानहरूले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सके ।

प्रतिक्रिया