सांसदमा पुनर्वहालीको माग गर्दै ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै

नेपालखोज २०८० वैशाख २५ गते १०:५०

काठमाडौं । सांसदमा पुनर्बहालीको माग गर्दै ढाकाकुमार श्रेष्ठले दिएको रिटमा आज सुनुवाइ हुँदै ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदै छ । ‘मेरो सांसद पद पुनर्बहाली हुनुपर्ने मागसहित मैले हिजो रिट हालेको थिएँ, आज सुनुवाइ हुँदै छ,’ श्रेष्ठले भने ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईँसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो ।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन् ।

प्रतिक्रिया