बिहीबार, जेठ २, २०८२

टर्किद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

नेपालखोज २०८० वैशाख २५ गते ११:३३

अङ्कारा । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकाले गरेको प्रस्ताव टर्किले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् ।

वाशिङ्टनले टर्किले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनका अनुसार ती प्रस्तावहरू टर्किएका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । वाशिङ्गटनले पछि टर्किलाई एफ-३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किले रुस निर्मित प्रणाली खरिद गरेको थियो ।

सो कदमपछि टर्किएमाथि प्रतिबन्ध लगाइएको थियो। यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्किए बीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।

प्रतिक्रिया