आइतबार, जेठ ६, २०८१

कम बजेटका यी फिल्मले सय करोडभन्दा बढी कमाए

नेपालखोज २०८० वैशाख २५ गते ११:४१

काठमाडौं । यस्ता धेरै कम बजेटका बलिउड फिल्महरू छन् जसले बक्स अफिसमा १०० करोडभन्दा बढी कमाएका छन् । यसमा कुन-कुन फिल्म समावेश छन् हेरौं :

पिंक : अमिताभ बच्चन, तापसी पन्नु स्टारर फिल्म ‘पिंक’ कम बजेटको फिल्म थियो। यो फिल्म बनाउन ४८ करोड रुपैयाँ खर्च भएको थियो भने बक्स अफिसमा लगभग २५० करोड रुपैयाँ कलेक्सन गरेको थियो ।

स्त्री : राजकुमार राव तथा श्रद्धा कपूर अभिनित फिल्म ‘स्त्री’को बजेट मात्र २३ करोड थियो । यो फिल्मले करिब २ सय ९० करोड कमाएको थियो ।

हिन्दी मिडियम : दिवंगत अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ बनाउन २२.४० करोड रुपैयाँ मात्र लागेको थियो भने यो फिल्मको कमाई १ सय ६० करोड भन्दा बढि छ ।

अन्धाधुन : यो फिल्मको बजेट करिब ४८ करोड थियो । ‘अन्धाधुन’ ले बक्स अफिसमा १६० करोडभन्दा बढी कमाएको थियो ।

क्वीन : कंगना रनौतको हिट फिल्म मध्येको एक ‘क्वीन’ को बजेट मात्र २२.४० करोड थियो । यो फिल्मले बक्स अफिसमा करिब १ सय ५५ करोड कलेक्सन गरेको थियो । यो फिल्ममा कंगनाको अभिनयको निकै प्रशंसा भएको थियो ।

राजी : आलिया भट्टले फिल्म ‘राजी’ मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी थिइन् । यो फिल्म बनाउन ६४ करोड खर्च भएको थियो र यसले बक्स अफिसमा करिब ३ सय २० करोड कमाएको थियो।

बधाई हो – आयुष्मान खुराना, गजराज तथा नीना गुप्ताको बधाई हो २३ करोडमा तयार भएको थियो जसले ३ सय ५३ करोड जम्मा गर्यो ।

अ वेडनेसडे : नसिरुद्दीन शाह अभिनित यो फिल्म करिब ४.८० करोडमा निर्माण गरिएको थियो भने यसको कमाइ ४२.६४ करोड थियो ।

प्रतिक्रिया