मंगलबार, वैशाख २५, २०८१

फ्लासब्याक-२०२२: यी स्टारले गरे विवाह 

नेपालखोज २०७९ पुष १३ गते १५:३९

काठमाडाैं । सन् २०२२ को अन्त्यसम्ममा बलिउड तथा साउथका धेरै सेलेब्सले आफ्नो घर बसाइसकेका छन् । यो सूचीमा नयनतारादेखि आलिया भट्टसम्मको नाम समावेश छ । सन् २०२२ मा धेरै सेलिब्रेटीले विवाह गरेका छन् । यसअघि सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण ऋचा चड्डालगायत धेरै स्टारले आ–आफ्ना विवाह स्थगित गरेका थिए तर यो वर्ष ऋचा पनि विवाह बन्धनमा बाँधिएकी छिन् । धेरै सेलिब्रेटीले २०२२ मा बिहे गरे भने कतिपयले यो वर्ष सन्तान समेत जन्माए । यो प्रशंगमा आलिया भट्ट र नयनताराको नाम आउँछ । वर्ष २०२२ मा क-कसले जीवन साथी रोजे सर्सर्ति नजर लगाओैं :

चर्चित टिभी सिरियल ‘नागिन’ फेम अभिनेत्री मौनी रायले गोवाको हिल्टन गोवा रिसोर्टमा २७ जनवरी २०२२ मा व्यापारी सुरज नाम्बियारसँग परम्परागत तरिकाले विवाह गरिन्। उक्त विवाहमा मौनी रायकी साथी तथा अभिनेत्री मन्दिरा बेदी पनि सहभागी थिइन् । यो वर्ष फिल्म ‘ब्रह्मास्त्र’ मा पनि देखिएकी मौनी रायले त्यसमा आफ्नो नेगेटिभ क्यारेक्टरलाई उत्कृष्ट ढंगले निर्वाह गरेकी थिइन् ।

अभिनेत्री करिश्मा तन्नाले फेब्रुअरी ५ मा वरुण बंगेरासँग मुम्बईमा बिबाह गरिन् । करिश्माले घरजग्गा लगानीकर्ता वरुणसँग गुजराती तथा दक्षिण भारतीय परम्परा अनुसार विवाह गरेकी थिइन् । उक्त विशेष दिनमा करिश्मा तन्ना पेस्टल गुलाबी लेहेंगामा निकै सुन्दर देखिइन् ।

अभिनेता फरहान अख्तरले शिबानी दान्डेकरसँग फेब्रुअरी १९ मा मुम्बईको खण्डालास्थित सुकुन फार्महाउसमा विवाह गरे । यो विवाहमा दुवैका नजिकका साथीभाइ तथा आफन्त मात्र सहभागी थिए । शिबानी र फरहान अख्तर ४ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । फरहान र शिबानीको विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

अभिनेता विक्रान्त मेसीले आफ्नी लामो समयदेखिकि प्रेमिका शीतल ठाकुरसँग फेब्रुअरी १८ मा हिमाचल प्रदेशमा विवाह गरे । दुवैले सन् २०१५ देखि एकअर्कालाई डेट गर्दै आएका थिए । शीतल र विक्रान्तको विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । शितलले बिबाहमा रातो रङको लुगा लगाएकी थिइन् भने विक्रान्तले हात्तीको दाँतको शेरवानी लगाएका थिए ।

पंकज कपुर तथा सुप्रिया पाठककी छोरी सना कपुरले अभिनेता मनोज पाहवा र सीमा पाहवाका छोरा मयांक पाहवासँग मार्च २ मा विवाह गरिन् । अभिनेता शाहिद कपूरकी बहिनीको यो विवाह महाराष्ट्रको महाबलेश्वरमा भएको थियो जसमा परिवारका सदस्य तथा नजिकका साथीहरू मात्र उपस्थित थिए।

प्रसन्सकहरूले आलिया भट्ट र रणवीर कपूरको विवाहको धेरै वर्षदेखि प्रतिक्षा गरिरहेका थिए जुन यही वर्ष पुरा भयो। आलिया र रणवीरले अप्रिल १४ मा आफ्नो घरमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यस क्रममा आलिया भट्ट निकै सुन्दर देखिएकि थिइन् । आलियाले आफ्नो विवाहमा सब्यसाचीको डिजायनर साडी लगाएकी थिइन् । नोभेम्बर महिनामा रणवीर र आलियाकि छोरी पनि जन्मिइन जसको नाम राहा राखिएको छ ।

अभिनेत्री नयनताराले निर्देशक विग्नेश शिवनसँग ९ जुन २०२२ मा चेन्नईमा विवाह गरिन् । नयनताराको विवाहमा शाहरुख खान पनि पुगेका थिए । नयनताराले बिबाहमा रातो साडी लगाएकी थिइन् । नयनतारा र विग्नेश पनि यहि वर्ष २ सन्तानका अभिभावक बने । उनीहरुका सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन् ।

अभिनेत्री पायल रोहतगीले जुलाईमा आफ्ना प्रेमी पहलवान संग्राम सिंहसँग विवाह गरिन् । दुबैले करिब १२ वर्ष एकअर्कालाई डेट गरेका थिए ।

अभिनेत्री ऋचा चड्ढा तथा अली फजलले यहि वर्ष अक्टोबरमा विवाह गरे । उनिहरु दुवैले बिबाहमा अबु जानी र सन्दीप खोसलाको डिजायनर पोशाक लगाएका थिए । ऋचा चड्डा र अली फजलको विवाहमा परिवारका सदस्यहरुसँगै नजिकका साथीहरु पनि सहभागी थिए । दुवैको विवाह यसअघि २०२१ मा हुने तय भएपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

बलिउडबाट साउथ सिनेमामा आफ्नो पहिचान बनाएकी हन्सिका मोटवानीले ४ डिसेम्बर २०२२ मा जयपुरको अरावली पहाडको बीचमा अवस्थित मुन्डोटा फोर्टमा सोहेल कथुरियासँग शाही शैलीमा विवाह गरिन्। यो भव्य विवाहमा धेरै सेलिब्रेटीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया