सोमबार, जेठ २७, २०८२

सुुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको दाबी

नेपालखोज २०८० वैशाख २५ गते १२:३४

काठमाडौं । सुदूरपश्चिम प्रदेशको ३ मन्त्रालयमा माओवादीले दाबी गरेको छ । प्रदेश सरकार विस्तारबारे आज बालुवाटारमा छलफल भएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाटसहितले प्रदेश सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रदेश सरकारलाई जति सक्दो चाँडो विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको प्रदेशसभा सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

प्रतिक्रिया