भ्रष्टाचारको काण्डमा ताप्केको बिँड तात्यो तर ताप्के सेलायो : रवि लामिछाने
नेपालखोज
२०८० वैशाख २५ गते १४:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चलिरहेको भ्रष्टाचारको काण्डमा ताप्केको बिँड त तातेको तर ताप्के सेलाएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले सिङ्गो देश र अन्तर्राष्ट्रिय सामुदायले हेरिरहेको हुँदा भ्रष्टाचारको काण्डलाई बाहिर ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले भएको यो भ्रष्टाचारको काण्डमा यो ताप्केको बिँड तात्यो तर यो तात्दै तात्दै गरेको ताप्के सेलाएको छ। यो ताप्के नसेलाओस् , सिङ्गो देश र अन्तर्राष्ट्रिय सामुदायले हेरेको छ । दोषी कोहि पनि नउम्कियोस् , मिलि जुलि एक अर्कालाई जोगाउने काम नहोस् , हामी यसलाइ अत्यन्तै नजिकैबाट नियाली रहेका छौं ।’
लामिछानेले सभामा बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै भएको समेत उल्लेख गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया