करणी मुद्दाका आरोपी हत्कडीसहित फरार

नेपालखोज २०८० वैशाख २५ गते १५:११

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका-६ सैनामा जबर्जस्ती करणी मुद्दाका आरोपी हत्कडीसहित फरार भएका छन् । आरोपिलाई पक्रन गएका इलाका प्रहरी कार्यालयका प्रहरीमाथि स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

सोमवार जबरजस्ती करणी मुद्दाका आरोपी ३१ वर्षीया शंक बुढालाई प्रकाउ गर्न सैना पुगेका हुन् । घटनामा इलाका प्रहरी कार्यालय पलाताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिएका छन् ।

बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका छन् भने आरोपी बुढाको खोजी कार्य भइरहेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको छ ।,

बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडितले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थिइन् ।

प्रतिक्रिया