‘महिला हिंसा निवारणका लागि आवाज बुलन्द बनाउनुपर्छ’
नेपालखोज
२०८० वैशाख २५ गते १९:०२

काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताएकी छिन् ।
राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तरक्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या रहेकाले सबै पक्ष एकजुट भएर आवाज उठाएमा मात्र समस्या समाधान हुने बताइन्।
‘सबै एकजुट भएमा मात्र महिला हिंसा निवारणमा टेवा पुग्छ । हिंसा विरुद्धमा चर्किएका आवाज निरन्तर रुपमा बुलन्द गरिरहनुपर्छ’, उनले भनिन् । उपसभामुख रानाले महिलाका अधिकारका लागि अठोट भएर लाग्नुपर्ने बताइन् ।
आफूले अधिकारका लागि आवाज उठाउँदा सेवा सुविधा नपुगेर माग गरेको गलत प्रसारणप्रति उनले गुनासो व्यक्त गरिन् ।
सम्बन्धित
प्रतिक्रिया