बिहीबार, असार १९, २०८२

युवा पत्रकारिता पुरस्कारका लागि चार पत्रकार छनोट

नेपालखोज २०८० वैशाख २६ गते ६:१५

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने युवा पत्रकारिता पुरकारका लागि चारजना पत्रकारको नाम छनोट गरेको छ ।

छनोट हुनेमा अन्नपूर्ण पोष्ट दैनिक र बुटवल टुडे दैनिकमा कार्यरत प्यूठानका केशरबहादुर रोक्का, कान्तिपुर राष्ट्रिय दैनिक अछामका मेनुका ढुङ्गाना, नेपाल टेलिभिजन र हिमालय टाइम्समा कार्यरत बाजुराका प्रकाशबहादुर सिंह र अनलाइनखबर डटकमका पत्रकार दाङका विनोद घिमिरे छन् ।

मन्त्रालयले गत भदौ ९ गते प्रकाशित गरेको सूचनाका आधारमा असोज ८ गतेसम्म प्राप्त निवेदनको मूल्याङ्कन गरी चारजना पत्रकारको नाम छनोट गरेको सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया