बिहीबार, असार १९, २०८२

आज कानून दिवस मनाइँदै

नेपालखोज २०८० वैशाख २६ गते ७:३२

काठमाडौं । आज कानून दिवस, मूलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाइदै आएको छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ ।

कानून दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । आज पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ ।

प्रतिक्रिया