सोमबार, वैशाख २४, २०८१

ए डिभिजन लिग : आज तीन खेल हुने

नेपालखोज २०८० वैशाख २६ गते ८:५६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे संकटा र सातदोबाटो युथ क्लब बीचको खेल हुनेछ ।

तालिकाको पुछारतिर ढल्किएको संकटालाई खेलमा फर्कन र पछिल्लो समयको खराब लयलाई अवसरमा बदल्न सातदोबाटो दुवै अवसरको खोजीमा रहेका छन् ।

थ्री स्टारले दशरथ रंगशालामा एनआरटीसँग दिउँसो ३ बजे खेल्नेछ । मंगलबारको खेलमा जावलाखेल र थ्री स्टारलाई शीर्ष स्थानको क्लबसँग अंक बराबरीको अवसर छ ।

चर्च ब्वाईज २७ अंक सहित शीर्ष स्थानमा छ । समान २४ अंक रहेका जावलाखेल र थ्री स्टारले जित निकालेको खण्डमा शीर्ष स्थानको चर्च ब्वाईजसँग अंक बराबरी गर्न सक्नेछन् ।

रंगशालामै साँझ ६ बजे जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया