शनिबार, वैशाख ८, २०८१

थाइल्याण्डसँग नेपाल पराजित

नेपालखोज २०७६ कार्तिक १४ गते १०:५०

१४ कार्तिक, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय टिमसँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टिम पराजित भएको छ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोली बुधबार घरेलु टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

निकै प्रतिस्पर्धातात्मक खेलमा नेपाली टिम थाइल्याण्डसँग २५-१८,२५-२० र २५-१७ ले पराजित भयो ।

थाइल्याण्डमा नेपाली टिमको यो तेस्रो हार हो । यस अघिका पाँच मैत्रीपूर्ण खेलमा नेपालले तीन जित र दुई हार व्यहोरेको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।

नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया