मंगलबार, वैशाख २५, २०८१

फेरि डन्का बज्यो रिन्कुको

नेपालखोज २०८० वैशाख २६ गते १०:०६

काठमाडौं । आइपीएलमा हिजो राति सम्पन्न कोलकाता र पन्जाबको खेल पछि भन्न थालिएको छ – यदि रिंकु क्रीजमा छन् भने जे पनि सम्भव छ । केकेआरको उनी प्रतिको विश्वासको कारण के हो ? उनले जे गरिरहेका छन् , सायद धेरै, धेरै, धेरै खेलाडीहरूले जीवनमा त्यति गर्न सक्ने छैनन् ।

यदि उनले यति गर्न सक्छन भने बाँकी जे पनि गर्न सक्छन् कप्तान नितिश राणाका अनुसार कोलकाता नाइट राइडर्स (केकेआर)का नयाँ स्टार रिंकु सिंहलाई हरेक खेलअघि उनी यिनै कुराहरू बताउँछन् । 

केकेआरले सोमबार पन्जाब किंग्सविरुद्धको खेलको अन्तिम बलमा रोमाञ्चक जित हात पार्यो ।

खेलको निर्णय अन्तिम बलमा गएर अड्किएको थियो जसमा रिंकु सिंहले अर्शदीप सिंहको बललाई लेग साइड बाउन्ड्रीमा पठाएर सारा अनुमान , रोमाञ्च र कौतुहलता समाप्त पारे। 

केकेआरका लागि कप्तान नितिश राणाले सर्वाधिक ५१ रन बनाए । केवल २३ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाएका आन्द्रे रसेल म्यान अफ द म्याच घोषित भए । तर, खेलपछि सबैभन्दा बढी चर्चामा रह्यो रिन्कु सिंहको ब्याटिङ ।

ट्विटरको टप ट्रेन्डमा रिंकु सिंहको नाम आयो । कप्तान राणा तथा म्यान अफ द म्याच रसेलले रिंकुको मात्र प्रशंसा गरिरहे । यद्यपि रिंकु, राणा र रसेलको योगदानका कारण केकेआरको यो जितलाई आरआरआरको सफलता पनि भनियो ।

रिंकु नामको आतङ्क  

रिंकु सिंहले अप्रिल ९ मा गुजरात टाइटन्सविरुद्ध अहमदाबादमा भएको खेलमा (ठिक एक महिना अघि ) यस्तै चमत्कार गरेका थिए । त्यसमा उनले अविजित ४८ रनको ऐतिहासिक इनिङ खेलेका थिए जसमध्ये अन्तिम ३० रन भने अन्तिम ओभरको अन्तिम ५ बलमा पाँच छक्का प्रहार गरेका थिए ।

त्यो इनिङले रिंकु सिंहको नाम आईपीएल हेर्ने हरेक घरमा पुग्यो । नितिश राणाका अनुसार उनी अहिले पनि रिंकुलाई त्यो इनिङको सम्झना गराएर हौसला दिन्छन् ।

अहिले कथा त्यो म्याचभन्दा पनि बाहिर गएको छ । यो कुरा केकेआरका कप्तान राणाले पनि सङ्केत गरेका छन् । उनले भनेका छन् , जब उनी ब्याटिङ गरिरहेका थिए, पूरै मैदान रिंकु, रिंकु को आवाजले गुन्जिरहेको थियो। यो वर्ष उनले कमाएको सबैभन्दा ठुलो कुरा यही हो।

रिंकुका अनुसार अहिले मानिसहरूले उनलाई यस्तै इनिङका कारण ९सोमबारको जस्तो०  चिन्न थालेका छन् । आईपीएलकाुउत्कृष्ट फिनिशरु मध्येका एक रिंकु भन्छन्, उनी पनि यस्ता परिस्थितिमा अभ्यस्त हुँदै गएका छन्। पाँच, छ वा सात नम्बरमा ब्याटिङमा आएर टिमको स्थिति सम्हाल्नु चानचुने कुरा होइन ।

केकेआरका लागि अन्तिम बलमा रिंकुको प्रहारमा पन्जाब किंग्स पराजित हुनु अघि उनी गर या मरु को स्थितिमा थिए । 

रसेल भन्छन्- हामीलाई थाहा थियो कि यो कुरा रिंकु बाटै सम्भव छ र उनले त्यो गरेर पनि देखाए । रसेल थप्छन् – जब सम्पूर्ण मैदान रिंकु रिंकुको आवाजले गुन्जन्छ तब मलाई निकै खुसी लाग्छ।

केकेआरका लागि रिंकुले १० बलमा नटआउट २१ रन बनाए भने युवा शाह रुख खानले उनीभन्दा दुई बल कम खेलेर पन्जाबका लागि त्यति नै रन बनाएका थिए । यद्यपि रिंकुको चर्चा बढी हुने सबैभन्दा ठुलो कारण दबाबको क्षणमा टिम र प्रशंसकहरूको अपेक्षा पूरा गर्नु हो ।

रिंकु क्रिजमा आउँदा केकेआरलाई जितका लागि २८ बलमा ५६ रन आवश्यक थियो। अर्को छेउमा आन्द्रे रसेल यो सिजनमा पहिलो पटक आफ्नो हैसियत अनुसार ब्याटिङ गरिरहेका थिए ।

अन्तिम ओभरको रोमाञ्च 

केकेआर लाई जितका लागि अन्तिम ओभरमा ६ रन मात्र चाहिएको थियो । रसेलले ओभरका चार बल खेलेर तीन रन मात्र बनाउन सके । उनी पाँचौँ बलमा रन चोर्ने प्रयासमा रनआउट भए । यो त्यो क्षण थियो जब पन्जाब किंग्सको टिमले परिस्थिति उल्टिएको महसुस गरिरहेको थियो ।

अर्शदीप सिंहले पाँच बलमा चार रन मात्र खर्चिएका थिए। उनले अन्तिम बलमा रन रोकेको भए पन्जाबले जित्ने थियो । उसले एक रन दिएको भए खेल सुपर ओभरमा जाने थियो । अर्शदीपसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ तर सामान्य मानिने रिंकुले यो महत्त्वपूर्ण अवसरलाई खेर फालेनन् ।

के भने रसेलले ?

खेलपछि रसेललाई प्रश्न गरियो ( जितका लागि दुई रन मात्र आवश्यक हुँदा पाँचौँ बलमा सिंगल लिने प्रयास गर्नुको अर्थ के थियो रु  रसेलले भने, रिंकु अर्को छेउमा थिए त्यसैले मलाई कुनै चिन्ता थिएन । मलाइ उनीप्रति पुरा विश्वास र भरोसा छ । अर्शदीपले वाइड योर्कर लगाएका थिए जुन रिंकुलाई खेल्न सजिलो छ । म खुसी छु । 

रसेल त्यहीँ रोकिएनन् । उनले यो खेलको सबैभन्दा ठुला खेलाडी रिंकुको प्रशंसा गरिरहे । रसेलले भने, मलाई थाहा छ उसले के गर्न सक्छन् ? रसेलले रिंकुको सफलता संयोग नभएको बताए । उनले भने, उनि धेरै अनुशासित अनि मेहनती छन् । म सधैँ उनको नजिक हुने प्रयास गर्छु। हामी असल साथी हौँ ।

अहिले रिंकु र केकेआरका कप्तान नितिश राणाको मित्रताको पनि चर्चा भइरहेको छ । राणाका अनुसार रिंकु योजना अनुसार खेल्ने खेलाडी हुन् । राणाले भने, मैले रिंकुलाई भने कि म आउट भए तिमीले अन्तिम बलसम्म ब्याटिङ गर्नुपर्छ । उनले त्यो गरेर देखाए ।

कमालको तथ्याङ्क , गजबको हौसला

आईपीएल २०२३ मा केकेआरका लागि रिंकु सिंहले कस्तो अचम्मको काम गरिरहेका छन् तथ्याङ्कबाट पनि स्पष्ट हुन्छ । उनी चालू सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा १० औँ स्थानमा छन् । उनीभन्दा अगाडि रहेका सबै नौ ब्याट्सम्यान शीर्ष क्रममा खेल्छन् । 

रिंकुले आईपीएलका ११ खेलमा ५६.१६ को औसतमा ३ सय ३७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५१.१२ छ । उनले अहिलेसम्म दुई अर्ध शतक , २१ चौका तथा २१ छक्का प्रहार गरिसकेका छन् ।

रिंकुका अनुसार ‘यस्तै इनिङका कारण (सोमबार जस्तो) मानिसले उनलाई चिन्न थालेका छन् । रिंकु सिंहले सोमबारको खेल पछि भनेका छन् , साँचो मनले मेहनत गर्नुहोस्, सबै कुरा प्राप्त हुनेछ।

प्रतिक्रिया