शनिबार, वैशाख १५, २०८१

लुम्बिनीको माटो बेच्ने योजना

नेपालखोज २०८० वैशाख २६ गते १०:२६

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री सन्तोष पाण्डेले लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२३ओं वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका अवसरमा गोरखापत्रको लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालीले भारतबाट एक बोतल जल बोकेर आउने गरेको स्मरण गर्दै संसारभरका बौद्ध मार्गीलाई लुम्बिनीको एक चिम्टी माटो पनि प्रसाद हुने धारणा व्यक्त गरे ।

‘विदेशी पर्यटकले लुम्बिनीको माटो महँगो डलरमा किन्ने भएकाले यहाँ आउने पर्यटकलाई माटो सँगसँगै बुद्धको तस्बिर, बुद्ध अङ्कित टोपीसमेत बेच्नुपर्छ,’ उनको भनाइ थियो, ‘यसो भए आर्थिक समृद्धि हुन सक्छ ।’

प्रतिक्रिया