बुधबार, जेठ २४, २०८०

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति

नेपालखोज २०७९ चैत ८ गते १९:४२

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लेखकले आज देशको समसायिक राजनीतिका विषयमा छलफल भएको बताए । ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘मुलतः यसकै विषयमा कुराकानी भएको छ ।’

कुन-कुन पार्टीले कति मन्त्रालय पाउने निश्चित भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा लेखकले अहिले प्रारम्भिक छलफल मात्रै भएको बाँकी कुरा विस्तारै छलफल गरिने उनले बताए । ‘आवश्यकताअनुसार अर्को बैठक बस्छ’, उनले भने ।

त्यस्तै, माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा प्रधानमन्त्रीले त्यस्तो निर्णय नभएको जानकारी गराएको लेखकले दाबी गरे ।

प्रतिक्रिया