मंगलबार, वैशाख २५, २०८१

मुम्बईले बेंगलोरलाई हरायो

नेपालखोज २०८० वैशाख २७ गते ५:३३

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औँ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर फिल्डिङ रोजेको मुम्बईले पहिलो ओभरमा मुख्य ब्याटर विराट कोहलीको विकेट लिएको थियो ।

यो जितसँगै मुम्बई ११ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने बेंगलोर ११ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया