सोमबार, वैशाख २४, २०८१

कराँते खेलाडीलाई बिदाइ

नेपालखोज २०८० वैशाख २७ गते ६:०७

काठमाडौं । मलेसियामा यही वैशाख २९ गतेदेखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने १९औँ अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई म‌गलबार भैरहवामा बिदाइ गरिएको छ ।

नेपाल वादोरियो कराँते डो सङ्घ लुम्बिनी प्रदेशले आज भैरहवामा एक कार्यक्रम आयोजना गरी खेलाडी, प्रशिक्षक र अफिसियल टिमलाई बिदाइ गरेको हो । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै १३ जना सहभागी रहेका छन् ।

मेलेसिया प्रस्थान गरेको टिममा प्रशिक्षक कमरुद्दीन अली, टिम व्यवस्थापक शोभाखर पन्थ, अफिसियल समी थापा शर्मा, खेलाडीमा देवकुमार शाह, प्रशेष शाही, सन्यम कँडेल, आरोन शेरचन, रिदेश बस्याल, प्रसिद्वी शर्मा, वैशनभी वर्मा, आकृति कँडेल र समीक्षा सार्की रहेका छन् ।

बिदाइ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विगतमा श्रीलङ्कामा भएको कराँते प्रतियोगितामा पनि खेलाडीले राम्रो खेल प्रदर्शन गरेको भन्दै यसपटक पनि उत्कृष्टता हासिल गर्न शुभकामना दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीलाई खेल पर्यटनसँगसँगै लैजानुपर्ने सुझाव आइरहेको बताउँदै त्यसतर्फ पनि ध्यान जानुपर्ने बताए ।

नेपाल कराँते महासङ्घ लुम्बिनी प्रदेशका संरक्षक भरतबहादुर केसीले खेलाडीले श्रीलङ्कामा जस्तै मलेसियामा पनि राम्रो खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया