मंगलबार, जेठ २८, २०८२

प्रि-बजेटबारे छलफल आज अन्तिम, अर्थमन्त्रीले जवाफ दिने

नेपालखोज २०८० वैशाख २७ गते ८:०४

काठमाडौं । संघीय संसदमा प्रि-बजेटबारे छलफल जारी छ । छलफलको लागि आज अन्तिम दिन हो ।

संसदमा गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलका लागि प्रस्ताव गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले लिखित र मौखिक सुझाव दिइरहेका छन् ।

छलफललाई आज सकेर आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । संसदमा जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया