सोमबार, वैशाख २४, २०८१

यी देश, जसले नेपालसँगै विश्वकप छनोट खेल्नेछ

नेपालखोज २०८० वैशाख २७ गते ८:४९

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० देशको टुंगो लागेको छ ।

आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० देशको टुंगो लागेको हो ।

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएईले विश्वकप छनोट खेल्ने छन् ।

आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउदैछन् ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया