रविले गरे प्रधानमन्त्रीलाई व्यंग्य : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा व्यंग्य गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले एउटै फाइलले ज्वरो निकालेको र एउटा तोप पड्काउन यत्रो सकस भन्दै व्यंग्य गरेका हुन् । उनले भनेका छन्, प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा शिर्ष नेताहरुको तिब्र भेटघाट, आरोपित फरार हुनु र नाम मुछिएकाहरुमाथि फितलो अनुसन्धानलाई शंकाको दृष्टिले लिएको बताएका छन् ।
उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको जगजाहेर तान्डवूलाई छोड्यो भने रास्वपा हेरेर मात्रै नबस्ने खबरदारी समेत गरेका छन् । उनले जनताले रास्वपालाई दिएको म्याण्डेटलाई आँधीको संज्ञा दिदै ख्याल सम्झे भुल हुने बताएका छन् ।
प्रतिक्रिया