ठूलो माछाको फाईल खोल्ने पीएचडी प्रहरी
नेपालखोज
२०८० वैशाख २७ गते १२:३४

काठमाडौं । नक्कली भुटानी सरणार्थी प्रकरण बाहिरिदै गर्दा सिंगो मुलुकको राजनिति तरङ्गित बनेको छ । सरणार्थी प्रकरणको ठगी मुद्दामा ठुला माछा भनिएकाहरू पक्राउ हुँदै गर्दा समाजिक सन्जालमा निकै चर्चा चुलिएको हो ।
उक्त प्रकरणको फाइल खोल्ने एसएसपी मनोज केसीको हिम्मतलाइ भने सबैले तारिफ गरिरहेका छन् । एसएसपी केसीले शरणार्थी मुद्दामा ठूला नामहरू समातेर कुनै दबाब बिना अनुसन्धान गरिरहेकोमा समाजिक सन्जालबाट चौतर्फी प्रशंसा कमाएका छन् । उनले बिगतमा अन्य मुद्दाको नेतृत्व गर्दै नक्कली बीमा, सट्टेबाजीका मुद्दाहरूमा पनि राम्रो काम गरेका थिए जहाँ धेरै मानिसहरू पक्राउ परेका थिए ।
केसीले द्वन्द्व व्यवस्थापनमा पीएचडी गरेका छन् र उनी समुदायसँग सम्बन्धित पुलिसिङमा अनुसन्धानकर्ता पनि हुन् ।
सम्बन्धित
प्रतिक्रिया