पूर्वगृहमन्त्री खाँण जिल्ला अदालतमा
नेपालखोज
२०८० वैशाख २७ गते १५:०९

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थीको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन अदालतसँग अनुमति लिन लागेको हो ।
बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।
सम्बन्धित
प्रतिक्रिया