शुक्रबार, असार २०, २०८२

नक्कली भुटानी शरणार्थीको विषयमा मनोगत भ्रम नफैलाउन प्रहरीको आग्रह

नेपालखोज २०८० वैशाख २७ गते १८:२०

काठमाडौं । अनुसन्धानमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रमपूर्ण समाचार संम्प्रेषण नगर्न प्रहरीले अपिल गरेको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणलाई ठगी गरि संगठित अपराध गरेको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्पेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्धाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पनसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरिएको छ ।’

प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीको हस्ताक्षर रहेको विज्ञप्तिमा तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पु¥याउन प्रहरी प्रतिबद्ध रहेको समेत बताइएको छ ।

विज्ञप्ति हेरौँ ।

प्रतिक्रिया