परराष्ट्र मन्त्री साउँद ढाका जाँदै
नेपालखोज
२०८० वैशाख २८ गते ९:३३

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद बेलायतबाट फर्के लगत्तै आज बङ्गलादेश भ्रमणमा जाँदै छन् । ‘छैटौँ इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन मन्त्री साउँद बिहीबार बङ्गलादेशको राजधानी ढाका जान लागेका हुन् ।
उनी बुधवार बिहान मात्र चाल्र्स तृतियाको राज्याभिषेक समारोहमा सहभागी भएर बेलायतबाट फर्केका थिए । बङ्गलादेश भ्रमणको क्रममा मन्त्री साउँदले आफ्ना समकक्षी परराष्ट्र मन्त्री एके अब्दुल मोमेनसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
बङ्गलादेशको विदेश मन्त्रालय, भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा मन्त्री साउँदले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम शनिवारसम्म चल्नेछ ।
सम्मेलनमा हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया