शुक्रबार, असार २०, २०८२

सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८० वैशाख २८ गते १३:५४

काठमाडौं । सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

फेसबुकमा साथी बनी बोल्ने क्रममा ललाइफकाइ अश्लिल क्रियाकलाप गराउने र र रेकर्ड गरि चरित्र हत्या गर्ने कीर्तिपुर नगरपालिका ६ काठमाडौंका वर्ष ३५ का नरेन्द्र केसी पक्राउ परेका हुन् ।

पीडित महिलाको उजुरीको आधारमा आरोपित केसीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई ७ दिन म्याद थप गरि विद्युतिय कारोबार एने २०६३, अपराध अन्तरगतको कसुरको मुद्धामा अनुसन्धान जारी राखिएको नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया