आइतबार, जेठ ६, २०८१

‘मिस्टर सुप्रानेसनल प्रथ्मेश’ नेपालमा

नेपालखोज २०८० वैशाख २९ गते ५:५२

काठमाडौं । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइस प्रतियोगीमध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन्।

बुधबार साँझ नेपाल आएका मौलिङ्गकारले टप मोडल राउण्ड, स्वीमर राउण्ड, प्रि–जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछ। “म नेपाल आउँन एकदमै उत्साहित थिए, पहिला पनि प्रयास भएका थिए, तर कोरोनाका कारणले मिलेन, यहाँ बिताउने समय मेरा लागि उपलब्धिमूलक नै हुनेमा विश्वस्त छु”, मौलिङ्गकारले भने ।

प्रतियोगीसँग भेटघाटका साथै पर्यटकीय र धार्मिकस्थल घुमघाम गर्ने योजना रहेको उनले जानकारी दिए। प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मौलिङ्गकारलाई निर्णायकका रुपमा ल्याइएको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालीले जानकारी दिएको छ ।

प्रतियोगिताका नेपाल निर्देशक सन्तोष उपाध्यायले काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएका अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् ।

प्रशान्त ताम्राकार कोरियोग्राफी रहेकाे प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिने छन् । त्यसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउने छन् भने महिला विजेताले मिस सुप्रानेशनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया