बिहीबार, वैशाख २७, २०८१

बी-टाउनका अभिनेत्री जसले विवाहपछि छाडे करियर

नेपालखोज २०७८ कार्तिक २१ गते १२:४६
No description available.

काठमाडौं । बी-टाउनका अभिनेत्री जसले विवाहपछि करियर छाडेको सूचीमा सबैभन्दा पहिले नाम आउँछ अभिनेत्री नीतु सिंह । जसले १४ वर्षको उमेरमै ऋषि कपुरसँग डेटिङ सुरु गरेकी थिइन् र केवल २१ वर्षको उमेरमा उनी कपुर खानदानकी बुहारी भइन् ।

ऋषि पत्नी भएपछि उनले आफ्नो जल्दाेबल्दाे करियरलाई पूरै त्यागी घर व्यवहारमा लिप्त भइन् । एक छाेरा एक छाेरी (रणवीर र रिदिमा) की आमा नीतु धेरैपछि भने केही चलचित्रमा चरित्र भूमिकामा देखापरेकी छन् ।

No description available.

नम्रता सिरोडकर : पूर्व फेमिना मिस इन्डिया (१९९३) नम्रता सिरोडकरले अनेकौं चलचित्रमा काम गरेकी छन् । उनले सन् २००५ मा दक्षिण भारतका सुपरस्टार महेश बाबुसँग विवाह गरेकी थिइन् । अहिले उनी आफ्नो परिवारका साथ हैदराबादमा बसाेबास गर्छिन् र उनले सिनेमालाई फर्किएर हेरेकी छैनन् ।

भाग्यश्री : सलमान खानसँग ‘मैंने प्यार किया’ बाट डेब्यु गर्ने भाग्यश्रीले १९ वर्षको उमेरमै अभिनेता हिमालयसँग विवाह गरेर धेरैलाई आश्चर्यमा पारिन् । विवाहपछि उनले पनि सिने संसारलाई सधैंका लागि बाईबाई भनिन् ।

No description available.

ट्विंकल खन्ना : ट्विंकल खन्नाले सन् २००१ मा अक्षय कुमारसँग विवाह गरेपछि चलचित्रमा काम गर्न छाेडिदिइन् । अहिले उनी सफल इन्टेरियर डिजाइनर, प्राेड्युसर तथा फेमस राइटरकाे भूमिकामा छिन् ।

No description available.

असिन : असिनले २०१६ मा माइक्रोम्याक्सका सीईओ राहुल शर्मासँग विवाह गरेकी हुन् । त्यसपछि उनी कुनै चलचित्रमा देखा परिनन् । भनिन्छ असिन आफ्नो विवाहित जीवनबाट निकै खुसी छिन् ।

मीनाक्षी शेषाद्री : सन् ८० काे दशककी नामुद र सफल अभिनेत्री मीनाक्षी अन्तिमपटक चलचित्र ‘घातक’ मा सनी देओलका साथ देखापरेकी थिइन् । त्यसपछि उनले बैंकर हरिश मैसुरसँग विवाह गरिन् अनि ग्लामरकाे संसारलाई सधैंका लागि टाटा भनिन् ।

No description available.
No description available.

प्रतिक्रिया