लोप हुँदै गएको हिमनदीले उच्च पहाडको जैविक विविधताकाे खतरामा

एजेन्सी । युनिभर्सिटी अफ लीड्सले गरेको नयाँ अध्ययनमा अन्वेषकहरूले जलवायु परिवर्तनका कारण हिमनदीहरू अभूतपूर्व दरमा पग्लिरहेको चेतावनी दिएका छन्। यसबाट युरोपेली अल्पस पहाडको चिसो पग्लने पानीका नदीहरूमा बस्ने जीवहरूले परिणाम स्वरूप वासस्थानमा गम्भीर क्षति भोग्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।
धेरै प्रजातिहरू चिसो बासस्थानहरूमा मात्र हुने सम्भावना छ । किनभने अहिले अहिले उनिहरुको बासस्थानमा स्कीइङ र पर्यटन उद्योग वा जलविद्युत संयंत्रहरूको विकासले दबाब बढाउँदै लगेको छ । यो अध्ययन युनिभर्सिटी अफ लिड्स तथा युनिभर्सिटी अफ एसेक्सले संयुक्त रुपमा गरेका हुन ।
अध्ययनले संरक्षणवादीहरूलाई जलीय जैविक विविधताको संरक्षण गर्न नयाँ उपायहरू विचार गर्न आह्वान समेत गरिएको छ । यो अध्ययनको नेतृत्व लिड्स विश्वविद्यालयका हाइड्रोलोजीका प्राध्यापक ली ब्राउनले गरेका थिए । उनले जलवायु परिवर्तनको असरलाई ध्यानमा राखी संरक्षित क्षेत्रको विकास कसरी गर्ने संरक्षणकर्मीहरुले सोच्नुपर्ने बताएका छन् ।
यदि हामी उनीहरुको अस्तित्व जोगाउन चाहन्छौं भने केही प्रजातिलाई आश्रय क्षेत्रहरूमा सार्नु पर्ने हुन सक्छ । ती जिवजन्तु मध्ये धेरै उडन नसक्ने छन् त्यसैले तिनीहरू सजिलै फैलन वा बास सर्न सक्दैनन्। उच्च हिमाली क्षेत्रको हावापानी तीव्र गतिमा परिवर्तन हुँदैछ ।
नौ युरोपेली अनुसन्धान संस्थानहरू बीचको सहकार्यमा गरिएको यो अनुसन्धानले अल्पसमा इन्भर्टेब्रेट प्रजातिहरूको वितरण संकलन गरेको थियो भने ३४ हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रको हिमनदी तथा नदी प्रवाहमा आएको परिवर्तनहरू मापन गरिएको थियो।
एसेक्स युनिभर्सिटीका डा. मार्टिन विल्क्सले यी परिदृश्यहरू यो शताब्दीको अन्त्यसम्ममा उच्च पहाडी जैविक विविधताका लागि हामीले अनुमान गरेको क्षति अनि जलवायु परिवर्तनका सँग सम्बन्धित रहेको बताए । हरितगृह ग्यास उत्सर्जन कम गर्न तथा क्षतिलाई सीमित गर्न विश्वका नेताहरूको निर्णायक कदमले मात्र सक्छ।
अर्कातर्फ, निष्क्रियताको अर्थ हामीले जति चाँडो क्षतिको अनुमान गर्छौं, त्यति नै चाँडो यसलाई रोक्न सकिन्छ। यो अनुसन्धान नेचर इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया