एमाले केन्द्रीय समिति बैठक आज पनि बस्दै
नेपालखोज
२०८० वैशाख २९ गते ७:२६

काठमाडौं। विहीबारदेखि सुरु नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
भोलिसम्म चल्ने बैठकमा विहीबार प्रस्तुत गर्न बाँकी प्रतिवेदन पेस गरिने एमालेले जनाएको छ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया