नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियामा चलखेल गरिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।
निश्चित व्यापारिक घरानालाई दिने गरि प्रक्रिया सुरु भएको आरोप लागेपछि नेपाल धितो पत्र बोर्डका अधिकारीलाई बोलाएर प्रधानमन्त्री दाहालले तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।
सरकारी स्टक एक्सचेन्ज नेप्से हुँदाहुँदै निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्न उचित नहुने भन्दै प्रधानमन्त्रीले अहिलेको प्रक्रिया रोक्न निर्देशन दिएको धितो पत्र बोर्डका अधिकारीले जनाएका छन् । नयाँ लाइसेन्स वितरणको प्रक्रिया शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएकै बेला भएको थियो ।
सांसदहरूले समेत आर्थिक चलखेल हुने भन्दै नयाँ लाइसेन्स वितरण भन्दा नेप्सेलाई आधुनिक बनाउन सरकारलाई सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया