शुक्रबार, वैशाख २१, २०८१

गण्डकीमा आज सरकार विस्तार हुने

नेपालखोज २०८० वैशाख २९ गते ९:२७

पोखरा । गण्डकी प्रदेशमा आज सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४ जना मन्त्री नियुक्त गर्नेछन् । यसअघि काँग्रेसबाट मुख्यमन्त्री सहित २ र माओवादीबाट १ जना मन्त्री नियुक्त भैसकेका छन् ।

अब माओवादीबाट थप एक जना र काँग्रेसबाट थप ३ जना मन्त्री बन्नेछन् । तर काँग्रेसको कोटामा रहेको एक मन्त्रालय एकीकृत समाजवादीलाई दिने सम्भावना पनि छ । समाजवादीका एक सांसद गण्डकीमा छन् । उनले मन्त्रालयमा अडान छोडेका छैनन् ।

माओवादीबाट यसअघि सुशीला सिम्खडा मन्त्री बनिसकेकी छिन् भने अब रेशम जुग्जाली मन्त्री बन्ने पक्का छ । काँग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री बनिसकेकी छिन् ।

अब नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने लगभग निश्चित छ । अर्को मन्त्रालय पनि काँग्रेसले पाए लमजुङका डा. टकराज गुरुङ मन्त्री बन्नेछन् ।

अन्यथा काँग्रेसका गुरुङ मन्त्री बन्ने छैनन् । गण्डकीमा ७ मन्त्रालय छ । सङ्ख्या नबढाउने यसअघि नै मुख्यमन्त्री पाण्डेले घोषणा गरिसकेका छन् । सरकार विस्तार अघि मुख्यमन्त्री पाण्डे काठमाडौँ पुगेर शीर्ष नेताहरूसँग राय लिएर फर्किएका छन् ।

प्रतिक्रिया