बिहीबार, जेठ ३०, २०८२

भ्रष्टाचार विरुद्धको कार्यक्रममा सहभागी हुन रविको आग्रह

नेपालखोज २०८० वैशाख २९ गते १०:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरुद्धको खबरदारीमा सहभागी हुन समर्थकहरूलाई आग्रह गरेका छन् ।

भ्रष्टाचार मुलुकको साझा दुस्मन भएको भन्दै सचेत नागरिकका हिसाबले भ्रष्टाचारविरुद्ध एकजुट हुन उनले आग्रह गरेका हुन् ।

पार्टीको झन्डा र नारा नबोकी देशभर भ्रष्टाचार विरुद्ध कार्यक्रममा सहभागी हुन समर्थकहरूलाई उनले आग्रह गरेका छन् ।भ्रष्टाचार यो देशको साझा दुस्मन हो ।

त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदै छु, भ्रष्टाचारविरुद्ध नारायण चौर नक्सालमा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिँदै उनले भनेका छन्, राम्रो काम जसले गरे पनि सघाउनु पर्छ।

देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झन्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला । भ्रष्टाचारविरुद्ध एक हौँ। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ।

प्रतिक्रिया