आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं । आजैको दिन २०० वर्ष अगाडी विश्व विख्यात फ्लोरेन्स नाइटिङ्गेलको जन्म भएको थियो । उनलाई आजको नर्स पेसाको जन्मदाता भनिन्छ । यसर्थ आजको दिनमा अन्तर्राष्ट्रिय नर्स दिवसका रूपमा मनाइन्छ ।
नाइटिङ्गेललाई ए लेडी विथ ए ल्याम्पूको रूपमा पनि सम्झिने गरिन्छ । युरोपको युद्धको समय उनी अहोरात्र लाल्टीन बोकेर बिरामीको सेवामा खटिने गर्दथिन् । जसले गर्दा उनलाई लाल्टीन बोक्ने महिलाको रूपमा चित्रण गरिएको हो ।
उनको ममतामयी सेवा भावको प्रेरणा र आदर्शको रूपमा लिँदै आज लाखौँ महिलाहरू नर्सिङ पेसामा आबद्ध छन् । नर्स भन्ने बित्तिकै हाम्रो मन मस्तिष्कमा नरम हृदय भएको ममतामयी र मिठो भाव प्रकट गर्ने आकृति सामु आउँछ । तसर्थ आज नर्स पेसामा आबद्ध हुने सबैले उनको आदर्शलाई बिर्सन हुँदैन ।
बिरामीसँग झर्केर बोल्ने रिसाउने वा बिरामीलाई गाली गर्ने स्वभाव बोकेको महिलाले यो पेसालाई आजैबाट त्यागौँ होइन भने आफ्नो स्वभावलाई सुधार गरौँ ।
नेपालको पहिलो नर्स भने दार्जिलिङमा जन्म भई काठमाडौं निवासी भुवनेश्वर अमात्यसंग विवाह बन्धनमा बाँधिएका ल्हामू अमात्य नै नेपालको पहिलो नर्स हुन् । प्रसिद्ध गायक योगेश्वर अमात्य उनका छोरा हुन् ।
सम्पूर्ण नर्सिङ सेवामा आबद्ध नर्सहरूमा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना ।

प्रतिक्रिया