शुक्रबार, असार २०, २०८२

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

नेपालखोज २०८० वैशाख २९ गते १४:०१

काठमाडाैं । कृषि विज्ञको रूपमा परिचित मदन राई पक्राउ परेका छन् । खोटाङ प्रहरीले आज (शुक्रबार) बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट पक्राउ गरेकाे हो ।

उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिएका छन् ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

प्रतिक्रिया