सबैभन्दा बढी व्हिस्की पिउने देश कुन-कुन ?

बेलायतस्थित स्कच व्हिस्की एसोसिएसनका अनुसार विश्वमा सबैभन्दा बढी व्हिस्की पिउने देश कुन-कुन हुन ?
स्कच ह्वीस्कीको बिक्रीमा भारत पहिलो नम्बरमा छ । उसले फ्रान्सबाट यो स्थान हासिल गरेको हो । सन् २०२२ मा भारतमा स्कचका २१ करोड ९० लाख बोतल बिक्री भए । अहिले विश्वका सबै ह्विस्की निर्माताहरूले भारतलाई हेरिरहेका छन्। भारतमा पछिल्लो १० वर्षमा ह्वीस्कीको बिक्री २०० प्रतिशतले बढेको छ ।
व्हिस्की अझै पनि फ्रान्समा सर्वाधिक मनपराइने पेय हो । गत वर्ष त्यहाँ २० करोड ५० लाख बोतल बिक्री भएको थियो, जुन २०२१ को तुलनामा १७ प्रतिशत बढी थियो । मूल्यको हिसाबले अमेरिका विश्वमा व्हिस्कीको सबैभन्दा ठूलो बजार हो। २०२२ मा त्यहाँ १६ हजार ९ सय ३६ करोड रुपैयाँको व्हिस्की बिक्री भएको थियो । यद्यपि बोतलको संख्या अनुसार अमेरिकामा १३.७ करोड डलरको व्हिस्की बिक्री हुन्छ ।
सन् २०२२ मा ब्राजिलमा १४ प्रतिशत बढी बोतल अर्थात ९३ मिलियन बोतल व्हिस्की बिक्री भएको थियो । यद्यपि मूल्यको हिसाबले ब्राजिल व्हिस्कीको शीर्ष दस बजारमा समावेश छैन । सन् २०२२ मा जापानमा ७ करोड ५० लाख बोतल व्हिस्की बिक्री भएको थियो । यो संख्याका आधारमा पाँचौं ठूलो बजार हो यो खपत २०२१ को तुलनामा ३३ प्रतिशत बढी पनि हो ।
बियर प्रेमका लागि प्रख्यात जर्मनीका जनताले २०२२ मा ३,२०० करोडको ह्वीस्की पिए, जुन बोतलको संख्यामा ४.३ करोड हुन्छ।यो सुचिको सातौं नम्बरमा स्पेन छ । स्पेनमा ६.७ करोड ह्विस्कीका बोतल बिक्री भएका थिए जसको मूल्य १ हजार ८९७ करोड रुपैयाँ थियो । पोल्याण्ड ४९ मिलियन बोतल खपतका साथ यो सुचिको आठौं स्थानमा छ । २०२१ मा पोल्याण्डमा ४५ लाख बोतल ह्विस्की बिक्री भएको थियो ।
मेक्सिको सर्वाधिक ह्विस्की खपतको मामिलामा नवौं नम्बरमा छ जहाँ २०२२ मा ४८ मिलियन बोतल ह्विस्की बिक्री भएको थियो । यो २०२१ को तुलनामा दुई प्रतिशत मात्र बढी हो। सन् २०२२ मा ३ करोड ९० लाख बोतल बिक्री भएको दक्षिण अफ्रिका शीर्ष १० देशको सुचिको दशौं स्थानमा छ । दक्षिण अफ्रिकामा २०२१ मा ३ करोड ९० लाख बोतल ह्विस्की बिक्री भएको थियो ।
प्रतिक्रिया