के बिहानको खाजा खानु साँच्चै फाइदाजनक छ ?

नेपालखोज २०८० वैशाख ३० गते ५:४७

बिहानको खाजा निकै महत्त्वपूर्ण छ तर यसले वजन कम गर्न मद्दत गर्दैन । एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । जब हामी खाजा गर्छौ हरेक दिन २६० थप क्यालोरी खपत गरिरहेका हुन्छौ ।

बिहानको खाजा नखानेहरूको तुलनामा बिहानको खाजा खानेहरूको तौल आधा किलोले बढ्छ । यद्यपि विज्ञहरू बिहानको खाजा क्याल्सियम र फाइबरको राम्रो स्रोत भएको बताउँछन्। बिहानको खाजाले ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । यो विशेष गरी बालबालिकाहरूका लागी लाभदायक छ ।

बिहानको खाजाले ऊर्जा र आवश्यक पोषक तत्त्वहरू दिन्छ भने यसपछि बारम्बार खाना खानुपर्दैन । धेरै अध्ययनले ब्रेकफास्टका फाइदाहरूका साथै बिहानको खाजा खाए हामी कसरी स्वस्थ रहन सक्छौँ भनेर बताएका छन् । अस्ट्रेलियाको यो नयाँ अनुसन्धानमा बिहानको खाजा र तौलमा हुने परिवर्तनलाई लिएर १३ वटा फरक ट्रायल गरिएको थियो ।

मोनाश युनिभर्सिटीले गरेको यो अध्ययनको नतिजाका आधारमा बिहानको खाजा नखानु फाइदाजनक रहेको दाबी गरिएको थियो । यस अनुसार बिहानको खाजा खाएन भने दिनहुँ लिनुपर्ने कुल क्यालोरी कम हुन सक्छ । अध्ययनले बिहानको खाजा छोड्ने व्यक्तिले कम क्यालोरी खपत गर्ने बताएको छ।

बिहानको खाजा नखानेलाई दिउँसो कम भोक लाग्ने दाबी पनि गरिएको छ । वयस्कहरूलाई तौल घटाउन बिहानको खाजा छोड्न सल्लाह दिँदा सावधानी अपनाउनु पर्छ – किनभने यसले उल्टो प्रभाव पार्न सक्छ । यद्यपि, अनुसन्धानकर्ताहरू भन्छन् – यो अध्ययनको आफ्नै सीमा छन् ।

स्वस्थ खाजा के हो ?

उर्जाका लागि गहुँको रोटी सँ पकाइएको सिमी खान सकिन्छ। प्रोटिनका लागि-टोस्टमा पालकका साथ अण्डा वा फलफूल र नटहरूसँग कम फ्याट भएको दही खानुपर्छ । केहिले फलफूल, केरा र पालकको स्मूदी वा टोस्टमा मसला एभोकाडो खान सक्नुहुन्छ ।

यो अध्ययनमा सहभागीहरूलाई छोटो समयका लागि (२ देखि १६ हप्ता) पछ्याइएको थियो । बिहानको खाजा खाने र नखानेमा क्यालोरीको भिन्नता कम भएको पनि देखियो । अन्वेषकहरूका अनुसार ब्रेकफास्ट छाड्नुको प्रभावलाई राम्रोसँग पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ ।

क्याल्सियम तथा फाइबर किङ्स कलेज लन्डनका आहारविद् एवं पोषण विज्ञान विभागका प्रमुख प्रोफेसर केभिन व्हेलन भन्छन् – हामीले बिहान बढी क्यालोरी लिनु हुँदैन। उनी भन्छन्, ‘यो अध्ययनको निस्कर्श बिहानको खाजा स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा भने होइन । ‘यदि बिहानको खाजामा अनाज वा दूध लिइयो भने आवश्यक पोषक तत्वहरू जस्तै क्याल्सियम र फाइबर प्राप्त हुन्छ।’

अष्ट्रेलियाको यो अनुसन्धानले ब्रेकफास्टको यो पक्षमा प्रकाश पार्दैन । उनले भने, ‘हामी यहाँ बिहानको खाजा मोटोपनका कारण सृजना हुन्छ भन्न आएका होइनौं।’ -एजेन्सी

प्रतिक्रिया