मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने
नेपालखोज
२०८० वैशाख ३० गते ९:५५

सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनले इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया