खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्धको प्रदर्शन

नेपालखोज २०८० वैशाख ३० गते १०:४९

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन सुरु गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन सुरु गरेको हो ।

गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

यो प्रकरणमा राज्यकै हाई प्रोफाइलका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन सुरु भइरहेको छ ।

प्रतिक्रिया