बिहीबार, जेठ २, २०८२

युपीको बरेलीको रासायनिक कारखानामा भीषण आगलागी

नेपालखोज २०८० वैशाख ३० गते १३:५२

बरेली । उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिवार भीषण आगलागी भएको छ । विद्युत् चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ ।

वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ । छ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ ।

यस हप्ताको सुरुमा बुधवार युपीको बरेलीको जेरह गाउँमा दिल्ली-लखनऊ राष्ट्रिय राजमार्ग नजिकै अशोक फोम प्राइभेट लिमिटेडको कारखानामा आगलागी हुँदा चार मजदुरको मृत्यु भएको थियो र अन्य छ जना जलेर घाइते भएका थिए ।

आगलागी हुँदा भवनभित्र १०० भन्दा बढी कामदार रहेको बताइएको छ । घटनाको सम्बन्धमा कम्पनीका मालिक र अन्य चार जनालाई मुद्दा दर्ता गरिएको छ युपी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया