आइतबार, जेठ ६, २०८१

सस्तोमा बिकेका खेलाडीको राम्रो प्रदर्शन

नेपालखोज २०८० वैशाख ३० गते १५:४०

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा महँगो मूल्यमा बिक्रि भएका धेरै स्टार खेलाडीहरु फेल भैरहेका छन् भने आधार मूल्यमा लिलामी वा त्यसको नजिकका खेलाडीहरूले असाधारण रूपमा राम्रो प्रदर्शन गरेका छन्। यहाँ हामी ५ यस्ता क्रिकेटरको चर्चा गर्दैछौ जो लिलामीमा सस्तैमा बिके तर प्रदर्शनका आधारमा उनिहरुको परिणाम उत्कृष्ट छ।

सुयश शर्मा
क्लब तथा मूल्य : कोलकाता नाइट राइडर्स ३२ लाख नेपाली रुपैयाँ

सुयश शर्मा पहिलो पटक आईपीएल खेल्दैछन् । उनको उमेर १९ वर्ष हो । उनले लेगब्रेक बलिङ र दाहिने हातले ब्याटिङ गर्छन्। आईपीएल- २०२३ को मिनी लिलामीमा केकेआरले यी भारतीय मिस्ट्री स्पिनरमाथि बाजी लगायो। टिमले उनलाई ३२ लाखको आधार मूल्यमा किनेको थियो । यसअघि सुयशले लिस्ट ए, फर्स्ट क्लास वा टी–२० खेल खेलेका छैनन् । उनले कोलकाताका लागि अहिलेसम्म ८ खेलमा १० विकेट लिएका छन् । उनको इकोनोमी रेट ८.०६ छ। यससँगै सुयशले धेरै खेलमा म्याच विनिङ बलिङ गरेका छन् ।

साई सुदर्शन
क्लब तथा मूल्य : गुजरात टाइटन्स, ३२ लाख नेपाली रुपैयाँ

२१ वर्षीय साई सुदर्शनले यो सिजन घाइते केन विलियम्सनको स्थानमा मौका पाएका छन् । आईपीएल – २०२३ मा गुजरातले साईलाई ३२ लाखको आधार मूल्यमा खरिद गरेको थियो। साईले गत वर्ष आईपीएलमा डेब्यु गरेका थिए । यी अलराउन्डरले यो सिजनको पाँच खेलमा दुई अर्धशतक सहित १७६ रन बनाएका छन् । दिल्लीको अरुण जेटली स्टेडियममा भएको सिजनको आठौं खेलमा गुजरात टाइटन्सले आयोजक दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियोे । प्रतियोगितामा गुजरात टाइटन्सको यो लगातार दोस्रो जित थियो । साई सुदर्शन उक्त जितको सबैभन्दा ठूलो हिरो थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्दै २१ वर्षीय साईले ४८ बलमा अविजित ६२ रन बनाए ।

अजिंक्य रहाणे
क्लब तथा मूल्य : चेन्नई सुपर किंग्स ८० लाख नेपाली रुपैयाँ

अजिंक्य रहाणे यो सिजन फरक फर्ममा छन् । उनले यो वर्षको आईपीएलमा पावरप्लेमा २२२.२२ को स्ट्राइक रेटमा रन बनाएका छन्। यी ब्याट्सम्यानलाई चेन्नईले ८०० लाखमा टोलीमा समावेश गरेको थियो । मुम्बईविरुद्ध चेन्नई समस्यामा परेका बेला रहाणेले २७ बलमा ६१ रनको इनिङ खेल्दै टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । बेंगलोर विरुद्ध ऋतुराज गायकवाड चाँडै आउट भएपनि रहाणेले २० बलमा ३७ रन बनाए । केकेआर विरुद्ध उनले २९ बलमा अविजित ७१ रन बनाए । रहाणेले फिल्डिङसँगै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जारी सिजनमा रहाणेले ९ खेलमा दुई अर्धशतक सहित १७१.६१ को स्ट्राइक गर्दै २६६ रन बनाएका छन् ।

मयंक मार्कण्डे
क्लब तथा मूल्य : सनराइजर्स हैदरावाद ८० लाख नेपाली रुपैया

आईपीएल – २०२३ मा सनराइजर्स हैदरावाद (एसआरएच) को प्रदर्शन हाल सम्म केहि विशेष देखिएको छैन । यद्यपि बलर मयंक मार्कण्डे हाल एसआरएचका लागि सर्वाधिक विकेट लिने बलर हुन्। इकोनोमी रेटको हिसाबले आईपीएल – २०२३ मा उनको प्रदर्शन पर्पल क्याप दावेदारहरू भन्दा पनि राम्रो छ। मयंक मार्कण्डेले यो सिजनमा हैदरावादका लागि ८ खेल खेलेका छन् भने ११ विकेट लिएका छन् । यस अवधिमा उनको इकोनोमी रेट ७.३१ थियो । एसआरएचले मयङ्कलाई उनको आधार मूल्य ८० लाखमा किनेको थियो। मयङ्कले धेरै खेलमा ३० रन भन्दा बढि रन बनाएका छन् ।

सिकन्दर रजा
क्लब तथा मूल्य : पञ्जाब किंग्स ८० लाख नेपाली रुपैयाँ

जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाले आईपीएल – २०२३ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनलाई पञ्जाब किंग्सले लिलामीमा ८० लाखमा किनेको थियो । रजाले चालू सिजनको पहिलो तीन खेलमा खासै केही गर्न सकेनन् भने चौथो खेल खेल्न सकेनन् । रजाले ५ औं खेलमा फेरि मौका पाए र लखनऊ सुपरजायन्ट्स (अप्रिल १५) विरुद्ध मौकाको सदुपयोग गरे र आफ्नो पहिलो आईपीएल अर्धशतक पूरा गरेर टिमको जितमा महत्वपूर्ण भूमिका खेले। त्यसपछि रजाले केही महत्वपूर्ण अवसरमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया