शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाए चुप लागेर बस्दैनौं : तरुण दल
नेपालखोज
२०८० वैशाख ३० गते १५:५६

काठमाडौं । नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण तरुण दलका पुर्वअध्यक्षसमेत हुन् ।
तरुण दल केन्द्रीय कार्यालय रवि भवनमा बागमती प्रदेशलगायत विभिन्न जिल्लाका सभापतिसँग केन्द्रीय अध्यक्ष विद्वान गुरुङले छलफल गरेका थिए ।
छलफलमा शरणार्थी प्रकरणलाई लिएर कांग्रेसप्रति मात्र तिर तेर्साउने र अरु दलका नेता-कार्यकर्ता मौन रहने हो भने चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया